Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

विद्यालय कर्मचारी परिषद्सँग सरकारले गरेका निर्णय कार्यान्वयन गरिदिन प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र [फोटोहरू पनि]

विद्यालय कर्मचारी परिषद्सँग सरकारले गरेका निर्णय कार्यान्वयन गरिदिन प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र [फोटोहरू पनि]

  • 3.1K
    SHARES
  • विद्यालय कर्मचारी परिषद्सँग सरकारले गरेका निर्णय कार्यान्वयन गरिदिन प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण पत्र [फोटोहरू पनि]

    काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    images

    आज सोमबार काठमाडौंको सभागृहमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन छैठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले प्रधानमन्त्री दाहाललाई अर्थ मन्त्रालयको बजेट महाशाखामा रहेको विद्यालय कर्मचारीको मागका सहमतिसम्बन्धीको फाइल अगाडि बढाई निर्णय गर्न ध्यानाकर्षण गराएका हुन् ।

    संघीय शिक्षा ऐनको अवस्था के हुँदैछ ? प्रधानमन्त्री प्रचण्ड यसो भन्छन् संघीय शिक्षा ऐनको अवस्था के हुँदैछ ? प्रधानमन्त्री प्रचण्ड यसो भन्छन्

    विद्यालय कर्मचारीहरूले उठाएका मागहरूमा सहमति जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७९/५/२६ गते अर्थ मन्त्रालयलाई पत्र पठाएको थियो ।

    अध्यक्ष तिवारीले ध्यानाकर्षण पत्रमा विद्यालय कर्मचारीहरूका विभिन्न समस्या उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माग तथा समस्या समाधान गर्ने अपेक्षा लिएको बताए ।

    उनले वर्तमान अवस्थामा लेखा सहायकको नेपाल सरकारबाट तोकिए बमोजिम मासिक ३४,७१० र महंगीभत्ता दुई हजार, कार्यालय सहयोगीलाई नेपाल सरकारबाट तोकिए बमोजिम मासिक २४,७२ र महंगीभत्ता दुई हजार दिने गरी निर्णय गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् ।

    pm with karmachari (1).jpg
    karmachari parishad.jpg
    pm dahal.jpg
    pm dahal educations.jpg
    pm dahal edu.jpg
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology