Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

  • 199
    SHARES
  • मलेसियाको थोक तथा खुद्रा बिक्री १२.४ प्रतिशत वृद्धि

    क्वालालम्पुर । मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस वर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

    images

    राष्ट्रिय तथ्यांक विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप–क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।

    यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ ।

    यद्यपि गत वर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्यांकले देखाएको छ ।

    डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो ।

    सोमबार मलेसियाको १ रिंगिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology