Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पाकिस्तानमा पोलियोविरुद्ध अभियान

पाकिस्तानमा पोलियोविरुद्ध अभियान

  • 316
    SHARES
  • पाकिस्तानमा पोलियोविरुद्ध अभियान

    पाकिस्तान । पाकिस्तानका कतिपय प्रान्तहरूमा पोलियोका बिरामीहरू देखिएपछि यसका विरुद्धमा अभियान सञ्चालन गरिएको छ ।

    images

    पाकिस्तानको सिन्ध प्रान्तमा धेरै बालबालिकामा यसको प्रकोप देखिएपछि यहाँको सरकारले सोमबारदेखि पोलियो खोप अभियान सञ्चालन गर्ने भएको छ ।

    पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तका दुई करोडभन्दा बढी बालबालिकालाई यो खोप दिइने बताइएको छ । सोमबारबाट यो अभियान सुरु भएको र उनीहरूलाई घर घरैमा पुगेर यो पोलियो खोप दिइने बताइएको छ ।

    सिन्धको प्रान्तीय सरकारले मार्च १३ (सोमबार) देखि यो अभियान सुरु गरिने र पाँच दिनसम्म सञ्चालन गरिने जानकारी दिएको छ ।

    सिन्धको प्रान्तीय सरकारका स्वास्थ्य अधिकारीले यो पोलियो खोप दिने कार्यक्रम दुई चरणमा सञ्चालन गरिने र पहिलो चरणमा यहाँका कम्तीमा पनि एक करोड ७० लाख बालबालिकालाई दिइने बताइएको छ ।

    त्यसपछि अर्को अर्थात् दोस्रो चरण आगामी अप्रिल ३ तारिखदेखि एक हप्तासम्म सञ्चालन गरिने पनि जनाइएको छ ।

    सो दोस्रो चरणमा पाँच वर्ष मुनिका ४० लाख बालबालिकालाई दिइने छ । यसरी दुवै चरणमा गरेर दुई करोड भन्दा बढी बालबालिकालाई सो खोप दिइने भएको अधिकारीहरुले जनाएका हुन् ।

    यसअघि पनि यहाँको सरकारले पाकिस्तानको खैबर प्रान्तका बालबालिकालाई सो खोप दिएको थियो । पोलियाको प्रकोप देखिएका स्थानहरुमा सरकारले पोलियो खोप अभियान तत्कालै सञ्चालनमा ल्याएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology