Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

  • 218
    SHARES
  • चीनद्वारा त्रिदेशीय पनडुब्बी सम्झौताको विरोध

    चीन । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने  योजनाको विवरण पनि सार्वजनिक गरेका छन् ।

    images

    चीनले उक्त सम्झौतालाई गम्भीर त्रुटीपूर्ण एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भन्दै त्यसको विरोध गरेको छ ।

    आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तरराष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले टिप्पणी गरेका छन् । 

    सम्झौताले हतियारको होडबाजी बढाएको तथा त्यो परमाणु अप्रसार सन्धि विपरीत भएको चीनको कथन छ । 

    पनडुब्बी सम्झौताको विपक्षमा रहेको चीनले यसअघि पनि आफूलाई पाखा लगाउन पश्चिमा मुलुकले नियोजित रूपमा परियोजना अघि बढाएका भन्दै विरोध गरेको थियो ।

    अमेरिकासहितको नयाँ गठबन्धनप्रति बेइजिङले प्रारम्भदेखि नै आपत्ति जनाउँदै आएको छ । नयाँ गठबन्धनलाई चीनले क्षेत्रीय शान्ति, स्थायित्व र स्थिरताका निम्ति अत्यन्त गैरजिम्मेवारपूर्ण कदम भन्दै वासिङटन, क्यानबेरा र लण्डनको निन्दा गरेको थियो ।

    क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर आँच पुग्ने जनाउँदै बेइजिङले सम्झौताबाट अन्तरराष्ट्रिय आणविक अप्रसार प्रयासमा तुषारापात भएको बताएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology