Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कोरोना भाइरसको 'नेपाली भेरियन्ट' भनेर नामाकरण गरिएको छैनः स्वास्थ्य मन्त्रालय

कोरोना भाइरसको 'नेपाली भेरियन्ट' भनेर नामाकरण गरिएको छैनः स्वास्थ्य मन्त्रालय

  • 575
    SHARES
  • कोरोना भाइरसको 'नेपाली भेरियन्ट' भनेर नामाकरण गरिएको छैनः स्वास्थ्य मन्त्रालय

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म 'नेपाल भेरियन्ट' भनी पुष्टि नभएको जनाएको छ । बेलायतको एक अनलाइनमा नेपालमा भेटिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युरोपमा फैलने जोखिम रहेको खबरप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए ।

    images

    प्रवक्ता डा.पौडेलकाे भनाइमा अहिलेसम्म 'नेपाल भेरियन्ट' भनी पुष्टि नभएको र यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले समेत आधिकारीक धारणा सार्वजनिक गरेकाे छैन ।

    डा.पौडेलले नेपालमै कोरोनाको भेरियन्टको उत्पत्ति भएकोबारे कतैबाट पुष्टि नभएको जानकारी दिए । उनकाअनुसार अहिलेसम्म नेपालमा भेटिएको भेरियन्टबारे कसैले पनि अध्ययन गरेकाे छैन । नेपालमा 'डेल्टा' र 'अल्फा' भेरियन्ट देखिएको हाे ।  

    डब्ल्यूएचओले भेरियन्टको नामाकरण गरेपछि युके, भारतमा देखिएको भेरियन्टलाई (डेल्टा) र (अल्फा) भनिएको हो ।बेलायतको डेलीमेल अनलाइनमा नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको र यो युरोपमा पनि फैलिसकेको भनी समाचार प्रकाशित भएको छ । समाचारमा 'नेपाली भेरियन्ट' युरोपमा फैलिएको र यसले बेलायतमा पनि जोखिम बढाएको उल्लेख गरिएको छ ।

    डब्ल्यूएचओले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको जनाएको छ ।
    डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत भनेको छ,‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’

    हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology