Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

शिक्षकलाई तलब खुवाउन यस्तोसम्म

शिक्षकलाई तलब खुवाउन यस्तोसम्म

  • चैत्र १, २०७९ बुधवार १४:५३ बजे
  • 2.0K
    SHARES
  • शिक्षकलाई तलब खुवाउन यस्तोसम्म

    तनहुँ । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठकभत्ता शिक्षकलाई तलब खुवाउन उपलब्ध गराउने गरेको छ ।

    images

    उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ जना शिक्षक शिक्षकलाई मासिक जनही २० हजारका दरले तलब प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएकामा आगामी वैशाखदेखि कम्तीमा दुई वटा स्कुल बस सामुदायिक विद्यालयलाई प्रदान गरी सेवा सञ्चालन गर्न लागेको छ ।

    गाउँपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको उनले बताए । गाउँपालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई २० प्रतिशत एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिएको पनि जनाइएको छ ।

    गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखी भन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग मिल्दै आएको उनले बताए ।

    त्यसैगरी गाउँपालिकाले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ । सेवाग्राहीले सेवा लिन कोठा–कोठा चाहर्नुपर्ने समस्या बढेकाले एकै स्थानबाट सेवा दिन उक्त कक्ष सुरुआत गरिएको हो । निवेदन, फोटोकपी, नक्सा पासलगायत सेवामा गाउँपालिकाले निःशुल्क गरेको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षक
  • # तलब
  • # तनहुँ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology