Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कर्मचारीको विवरण बुझाउन निर्देशन

कर्मचारीको विवरण बुझाउन निर्देशन

  • 252
    SHARES
  • कर्मचारीको विवरण बुझाउन निर्देशन

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ ।

    images

    मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको छ ।

    मन्त्रालयका उपसचिव कमानसिंह थापाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालय-संवैधानिक आयोगको स्वीकृति संगठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ ।’

    उक्त परिपत्रमार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरणसमेत माग गरेको हो ।

  • सम्बन्धित विषय:

  • # कर्मचारी

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology