Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने

होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने

  • 96
    SHARES
  • होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने

    होन्डुरस । होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ताइवानसँगको लामो समयदेखिको होन्डुरसको आधिकारिक सम्बन्ध विच्छेद हुनेछ ।

    images

    राष्ट्रपति जिओमारा क्यास्ट्रोले विदेशमन्त्री एडुआर्डो रेनालाई जनवादी गणतन्त्र चीनसँग आधिकारिक सम्बन्ध स्थापना गर्न निर्देशन दिएका छन् ।

    राष्ट्रपति क्यास्ट्रोले चुनावी अभियानको क्रममा गत साता आफ्नो सरकारले चीनसँग जलविद्युत् बाँध निर्माणका निम्ति वार्ता गरिरहेको घोषणा गरेका थिए ।

    होन्डुरस सरकारले ताइपेईसँग आधिकारिक रूपमा सम्बन्ध तोडेको हो कि भन्नेबारे तत्काल टिप्पणी भने गरेको छैन ।

    यद्यपि बेइजिङको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध राख्न सक्दैनन् ।

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एक चीन सिद्धान्तका आधारमा चीन होन्डुरस र विश्वका अन्य देशहरूसँग मैत्री एवम् सहयोगात्मक सम्बन्ध विकास गर्न बेइजिङ सधै इच्छुक रहेको बताएका छन् ।

    ताइवानलाई आधिकारिक रूपमा मान्यता दिने १४ देशमध्ये होन्डुरस एक हो । स्वशासित टापु ताइवानलाई चीनले आवश्यक भएमा बल प्रयोग गरेर आफ्नो मुख्यभूमिमा विलय गराउनसक्ने बताउँदै आएको छ ।  चीनको एक राज्य दुई नीतिअन्तर्गत ताइवानमा शासन सञ्चालन भइरहेको छ । 

    बेइजिङले बुधबार होन्डुरसले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको स्वागत गरेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology