Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

युट्युबरका रूपमा प्रख्यात सांसद निष्काशित

युट्युबरका रूपमा प्रख्यात सांसद निष्काशित

  • 319
    SHARES
  • युट्युबरका रूपमा प्रख्यात सांसद निष्काशित

    जापान । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बनेका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नभएका उनलाई मंगलबार संसद्बाटै निष्काशन गरिएको हो ।

    images

    गत जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्यरूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवम् अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबारनिष्काशन गरेको हो । सदनको हिजोको उक्त निर्णय आजदेखि लागु भएको छ ।

    गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्काशित हुने पहिलो सांसद भएका छन् । यसअघि सदनले उनलाई महिनौँ लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो तर उनले त्यसको वेवास्ता गरेका थिए ।

    ५१ वर्षीय उनको दलबाट दुई जना सांसद निर्वाचित छन् । उनी निष्काशित भए पनि अर्को एक सदस्यले उनको स्थानमा काम गर्नेछन् । दुबईमा बसोबास गरिरहेको पूर्वव्यापारी उनले जापान फर्केमा पक्राउ पर्ने बताएका छन् ।

    मानहानीको आरोपमा उनलाई सम्बद्ध अधिकारीले सोधपुछ गर्न पक्राउ गर्नसक्ने उनले बताएका छन् । जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उनको दल एनएचके पार्टीका रूपमा परिचिति थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology