Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प

न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प

  • 243
    SHARES
  • न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडाैं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले जनाएअनुसार आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

    images

    भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ ।

    यसअघि २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology