Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

  • 100
    SHARES
  • इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

    मुम्बई । बलिउडका एक्सन स्टार विद्युत जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन् । उनीहरूले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए ।

    images

    विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए । यद्यपि उनीहरूले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रूपले अलग रहनु उनीहरूको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरू निकट स्रोतले भनेको छ ।

    उनीहरूले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए । उनीहरूले सामाजिक सन्जालमार्फत आफूहरू इन्गेज्ड भएको जानकारी दिएका थिए । उनीहरूले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology