Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

पर्यटन मन्त्रालयद्वारा हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन

पर्यटन मन्त्रालयद्वारा हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन

  • 212
    SHARES
  • पर्यटन मन्त्रालयद्वारा हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ ।

    images

    हिन्दु विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारी समिति गठन गरेका हुन् ।

    डा.जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रा.डा.रामचन्द्र गौतम, प्रा.चेतोनाथ गौतम र कमल ढकाल सदस्य रहेका छन् भने सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनाश्याम खतिवडा रहेका छन् ।

    समितिलाई आगामी मंसिरभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । मन्त्री किराँतीले आफू सिफारिस गरेको व्यक्तिहरुले आफुहरुसँग भएको ज्ञानको प्रयोग गरेर हिन्दु विश्वविद्यालय स्थापनाका लागि आवश्यक अवधारणा सहित सम्भाव्यता अध्ययन गर्ने विश्वास व्यक्त गरे ।

    त्यस्तै समितिका संयोजक गुरुङले २०८० मंसिरभित्रै प्रतिवेदन बुझाउने र २०८१ वैशाखभित्रै हिन्दु विश्वविद्यालय स्थापना घोषणा गर्नुपर्ने बताए । हिन्दु विश्वविद्यालय भन्दापनि श्री पशुपति हिन्दु विश्वविद्यालय नै नामाङ्करण गर्न उचित हुने उहाको भनाइ छ ।

    उनले हिन्दु विश्वविद्यालयको औचित्व पुष्टि हुने गरी काम गर्ने दाबी गरे । सरकारले काभ्रेको भकुण्डेबेँसीमा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी थालेको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology