Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सातदोबाटो ए डिभिजनकाे शीर्ष स्थानमा

सातदोबाटो ए डिभिजनकाे शीर्ष स्थानमा

  • 257
    SHARES
  • सातदोबाटो ए डिभिजनकाे शीर्ष स्थानमा

    काठमाडाैं । सातदोबाटो युथ क्लब शहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

    images

    ललितपुरस्थित च्यासल मैदानमा बिहीबार एफसी खुमलटारलाई २–१ गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

    सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक/एक गोल गरे ।

    खुमलटारका राजिब लोप्चनले एक गोल फर्काए  । शीर्ष स्थानमा उक्लिएको सातदोबाटोको यो तेस्रो जित हो ।

    सातदोबाटोले ५ खेलमा १२ अंक जोडेको छ । खुमलटारले ५ खेलमा ६ अंक जोडेको छ ।

    त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

    बराबरीसंगै संकटाको ५ खेलबाट ६ अंक पुगेको छ । हिमालयन शेर्पाको ५ खेलबाट ५ अंक छ । प्रतियोगीता अन्तर्गत शुक्रबार चर्च व्वाइज र मच्छिन्द्र तथा थ्रि स्टार र जावलाखेल क्लवबीच प्रतिष्पर्धा हुने छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology