Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

  • 266
    SHARES
  • उपराष्ट्रपति निर्वाचन : ४०९ मत खस्यो

    काठमाडौं । संघीय संसद् नयाँबानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनमा बिहान ११ः४५ बजेसम्मको ४ सय ९ मत खसेको छ ।

    सो समयसम्म संघतर्फ १५८ र प्रदेशतर्फ २ सय ५८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।

    उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । उपराष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) की अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन ।

    मतदान समय अपराह्न ३ बजेसम्म तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र तय गरिएको छ ।

    निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij