Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

खेलकुद विकास विधेयकमा देखिएका समस्या समाधान गर्न समिति गठन

खेलकुद विकास विधेयकमा देखिएका समस्या समाधान गर्न समिति गठन

  • 93
    SHARES
  • खेलकुद विकास विधेयकमा देखिएका समस्या समाधान गर्न समिति गठन

    पोखरा । गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव संकलन गरी पेश गर्न समिति गठन गरेको छ ।

    images

    परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा.मधुसुदन सुवेदी रहेका छन ।

    बैठकले प्रदेश खेलकुद संघ गठन, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समीक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णयसमेत गरेको छ ।

    बैठकमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चमान गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपलब्धिको उच्च मूल्यांकन हुने बताए । परिषद्का पदाधिकारीले प्रतियोगितमा स्वयंसेवीका रूपमा खेलकुद विकासका लागि गरेको भूमिका प्रशंसनीय रहेको मन्त्री गुरुङको भनाइ थियो ।

    खेल संघलाई व्यवस्थित गर्ने र प्रदेशमा खेलिने परम्परागत खेल संघलाई समेट्न उनले आग्रह गरे । बैठकमा मन्त्रालयका सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदको वार्षिक कार्यक्रममा समावेश विभिन्न महत्वपूर्ण कार्यक्रमले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताए ।

    यस आर्थिक वर्ष करिब ६० प्रतिशत बजेट खर्च हुनु उपलब्धिमूलक रहेको जनाउँदै उनले बाँकी कार्यक्रम यथाशीघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology