Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

झापामा जारी निषेधाज्ञा जेठभरलाई थपियो 

झापामा जारी निषेधाज्ञा जेठभरलाई थपियो 

  • 1.2K
    SHARES
  • झापामा जारी निषेधाज्ञा जेठभरलाई थपियो 

    काठमाडौं । झापा जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लम्बाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय झापामा आज (बिहीबार) बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

    प्रशासनले वैशाख १९ गतेदेखि लागू गरेको निषेधाज्ञा चौथो पटक लम्बाएको हो ।  बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खुलाउने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खुलाउन पाउने निर्णय गरेको जनाइएको छ । 

    ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खुलाउन पाउने निर्णय गरेको छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारीसाधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।

    195439779_490086439104393_5882318262181480524_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij