Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, गणना साढे ३ बजेबाट गरिने

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, गणना साढे ३ बजेबाट गरिने

  • 358
    SHARES
  • उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, गणना साढे ३ बजेबाट गरिने

    काठमाडौं । नयाँ उपराष्ट्रपतिको चयनका लागि मतदान गर्ने प्रक्रिया सकिएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा साढे ३ बजेबाट सुरु हुने आयोगले जनाएको छ ।

    मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरि ८२९ जनाले मतदान गरेका छन् ।

    संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।

    उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जनता समाजवादी नेपाल(जसपा)बाट रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् ।

    जसपा कि प्रमिला यादवले भने उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij