काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको निर्देशन अनुसार विद्यालय कर्मचारीको जिल्ला तथा पालिका कार्यसमितिले पालिका अध्यक्ष तथा प्रमुखलाई ध्यानाकर्षण बुझाउने क्रम जारी रहेको छ ।
कर्मचारी परिषद्को तेस्रो राष्ट्रिय सम्मेलनले ७५३ वटै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने निर्णय पारित गर्दै आवश्यक निर्देशन दिएको थियो ।
सोही अनुसार नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति रामेछापले विभिन्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । परिषद्ले आज शिक्षा तथा समन्वय इकाई रामेछापमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
राज्यले विद्यालयमा भएका कर्मचारीलाई दिएको सेवासुविधा ज्यादै न्यून भएको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्को केन्द्रीय परिपत्र अनुसार ध्यानाकर्षण पत्र बुझाइएको परिषद् रामेछापका अध्यक्ष रमेश तामाङले बताए ।
विद्यालय कर्मचारीले बुझाएको ध्यानाकर्षण पत्रलाई सम्बन्धित निकायमा यथासक्य छिटो पुर्याउउने इकाईका प्रमुख भरत भट्टराईले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology