Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

चिनियाँ ताइपेईमाथि नेपालको सहज जित

चिनियाँ ताइपेईमाथि नेपालको सहज जित

  • 909
    SHARES
  • चिनियाँ ताइपेईमाथि नेपालको सहज जित

    काठमाडौं । एसियाली विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा चिनियाँ ताइपेईमाथि नेपालले बिहीबार २–० को जित निकालेको छ ।

    images

    कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए । 

    पहिलो गोल विष्टले पेनाल्टीबाट चौथो मिनेटमै गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । 

    नवयुग श्रेष्ठले खेलको ८१ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि नेपालको अंक ६ पुगेको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । 

    विश्वकप छनोटका बाँकी खेलमा नेपालले जोर्डन र अस्ट्रेलियासँग खेल्ने छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology