Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कोरोना भेरिएन्टसम्बन्धी समाचार सच्याउन डेलिमेललाई दूतावासको पत्र 

कोरोना भेरिएन्टसम्बन्धी समाचार सच्याउन डेलिमेललाई दूतावासको पत्र 

  • 721
    SHARES
  • कोरोना भेरिएन्टसम्बन्धी समाचार सच्याउन डेलिमेललाई दूतावासको पत्र 

    लन्डन । नेपाललाई जोडेर कोरोना भाइरससम्बन्धी तथ्यहीन समाचार प्रकाशन गरेपछि त्यहाँको पत्रिका डेलिमेललाई बेलायतस्थित नेपाली दूतावासले पत्राचार गरेको छ । दूतावासले बिहीबार जारी गरेको विज्ञप्तिमा समाचारप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र आधारहीन समाचार सच्याउन आग्रह गरिएको छ ।

    images

    दूतावासले नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरिएन्टबाहेक अन्य प्रकार नभेटिएको र यी भेरिएन्टको उत्पत्ति पनि नेपालमा नभएको जनाएको छ । डेलीमेलको उक्त समाचारप्रति विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय र स्वास्थ्य मन्त्रालयले बिहीबारै खण्डन गरिसकेका छन् ।

    बेलायती पत्रिका डेलिमेलले जुन ३ को अंकमा नेपाल भेरिएन्टले हाम्रो बिदामा खतरा भन्ने शीर्षकमा प्रकाशित गरेको समाचारमा कोरोना भाइरसको नेपाल भेरिएन्टले बेलायतसहित युरोपेली मुलुकमा संक्रमण अत्यधिक बढेकाले बिदाका गतिविधिलाई खतरामा पारेको भन्दै समाचार लेखेको थियो । 

    nepal.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology