Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा रेल मार्गमा गत वर्ष मात्रै आठ हजार बढी पैदल यात्रुको मृत्यु

भारतमा रेल मार्गमा गत वर्ष मात्रै आठ हजार बढी पैदल यात्रुको मृत्यु

  • 962
    SHARES
  • भारतमा रेल मार्गमा गत वर्ष मात्रै आठ हजार बढी पैदल यात्रुको मृत्यु

    नयाँ दिल्ली । भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ । 

    कोरोना भाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

    समितिका उच्च अधिकारीहरूले यो विवरण गत वर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् । मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो । 

    प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा आठ सय पाँच जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाहरूको खास संख्या भने आठ हजार सात सय ३३ रहेको छ । 

    लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुँदै हिँडेर आआफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ ।

    'लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो', एक अधिकारीले भने । 

    रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij