Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

घुससहित सब-इन्जिनियर पक्राउ

घुससहित सब-इन्जिनियर पक्राउ

  • 289
    SHARES
  • घुससहित सब-इन्जिनियर पक्राउ

    पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले १५ हजार घुससहित एकजना सब-इन्जिनियरलाई पक्राउ गरेको छ ।

    images

    आयोगले पोखरा महानगरपालिका वडा नम्बर २८ को कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रविन विक पक्राउ गरेकाे हाे । विकलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता भोला दाहालले बताए ।

    बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको टोली खटेको थियो । अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले विकलाई १५ हजार घुस लिइसकेको अवस्थामा पोखरा-१४ चाउथेबाट शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

    आयोगले विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology