Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

  • 408
    SHARES
  • अव्यवस्थित बसोबासीको जग्गा नापजाँच थालियो

    सांकेतिक तस्बिर

    images

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुई पालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँच सुरु गरिएको छ । जिल्लाको देवचुली नगरपालिका-४ र हुप्सेकोट गाउँपालिका-३ मा जग्गा नापजाँच थालिएको हो ।

    भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गर्नेको  जग्गा नापजाँचका लागि सोही वडाबाट नियन्त्रण विन्दु स्थापना गरि वडाका विभिन्न स्थानमा प्राविधिकसहितको टोलीले जमिनको नाप लिइरहेका छन् ।

    देवचुली नगरपालिका-४ का बमबहादुर मगरले ५२ वर्षदेखि पुर्जाबिना नै बसे पनि यसपालि भने पुर्जा पाउनेआशा बढेको बताए । उनले भने, ‘५२ वर्षदेखि जग्गा दिन्छु, दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आसमात्र दिएका छन् । यसपालि जग्गा नापजाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ ।’

    जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रक्रिया छिटो टुंगिए हुन्थ्यो भन्ने आशामा छन् । जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको हुप्सेकोट गाउँपालिका-३ का रेवती सारुले बताए ।

    हुप्सेकोट गाउँपालिका-३ मा भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गरेका स्थानीयको जग्गा नापजाँच गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब छिट्टै लालपुर्जा वितरण गर्ने विश्वास दिलाए ।

    वडा नं २ मा यसअघि नै जग्गा नापजाँच गरिसकिएको छ भने अहिले वडा नं ३ मा उक्त काम जारी रहेको अध्यक्ष पाण्डेले बताए । हुप्सेकोट गाउँपालिकामा दुई हजार पाँच सय र देवचुली नगरपालिकामा चार हजार चार सय ६० भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित गरि परिवारको बसोबास छ ।

  • सम्बन्धित विषय:

  • # भूमिहीन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology