Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

सहिद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मी क्लबको दोस्रो जित

सहिद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मी क्लबको दोस्रो जित

  • 101
    SHARES
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग : त्रिभुवन आर्मी क्लबको दोस्रो जित

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।

    images

    खेलको छैटौं मिनेटमा राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरुआती अग्रता दिलाएका थिए । तर खेलको २४औँ मिनेटमा गिल्स्पे जंग कार्कीले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।

    त्यसपछि खेलको इन्जुरी समयमा दिपक गुरुङले गोल गर्दै आर्मीलाई २-१ को जित दिलाए । जितसँगै आर्मीले ५ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्सले ५ खेलमा ४ अंक जोडेको छ ।

    त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा न्युरोड टिम एनआरटीसँग १-१ गोलको बराबरी खेल्दै पुलिसले पहिलो अंक जोडेको छ । खेलको ६४औँ मिनेटमा दोस्रो हाफमा मैदान छिरेका सन्जिब विष्टले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर खेलको ७५औँ मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो अंक जोडेसँगै पुलिसले ५ खेलमा १ अंक जोडेको छ । पुलिस अंक तालिकाको पुछारमा रहेको छ । एनआरटीले ५ खेलमा २ अंक जोडेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology