Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

मूल्यवृद्धि विरूद्ध माइतिघरमा प्रदर्शन

मूल्यवृद्धि विरूद्ध माइतिघरमा प्रदर्शन

  • 77
    SHARES
  • मूल्यवृद्धि विरूद्ध माइतिघरमा प्रदर्शन

    काठमाडौं । पछिल्लो समय मूल्यवृद्धि बढेको भन्दै काठमाडौंमा जनसचेतना तथा धर्ना कार्यक्रम गरिएको छ । उपभोक्ता जागरण अभियान नेपालले शनिबार काठमाडौंको माइतिघर मूल्यवृद्धि विरूद्ध जनचेतना तथा धर्ना कार्यक्रम आयोजना गरेको हो ।

    images

    हरेक बस्तुमा मूल्यवृद्धि हुँदासमेत राज्य मौन रहेको भन्दै उनीहरूले जनता नै जागरूप हुनुपर्ने बेला आएको बताएका छन् ।

    धर्नामा सहभागीहरुले दोहोरो कर प्रणाली खारेज गर, बजार अनुगमन कतै देख्न पाइदैन, बिचौलियाको सिण्डिकेट चाहिदैन, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    उनीहरूले बजारमा हावी भएको सिण्डिकेट रोक्नुपर्ने र कालाबजारीलाई नियन्त्रण गर्न सरकार गम्भीर हुनुपर्ने जनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रदर्शन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology