Logo

२०८०, आश्विन १२ गते शुक्रवार

२०८०, आश्विन १२ गते शुक्रवार

images
images

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक छ : मुख्यमन्त्री जम्कट्टेल

व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक छ : मुख्यमन्त्री जम्कट्टेल

  • 130
    SHARES
  • व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक छ : मुख्यमन्त्री जम्कट्टेल

    धादिङ  । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यवसाय सञ्चालनका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् । 

    images

    धादिङबेँसीमा धादिङ उद्योग वाणिज्य सङ्घको २९औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गदै मुख्यमन्त्री जम्कट्टेलले भने, ‘समृद्ध नेपाल बनाउनका लागि उद्योगी व्यवसायीहरूको महत्वपूर्ण भूमिका हुन्छ । व्यवसायीहरूको भूमिका बलियो बनाउनका लागि राज्यले नीति निर्माण गर्न आवश्यक छ ।’

    उनले अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको भन्दै सुधारका लागि ब्याजदर एकल विन्दुमा कायम गर्नुपर्ने बताए । यसका लागि प्रदेश सरकार र केन्द्र सरकार लागेको उनको भनाइ छ । 

    ब्याजदर एकल विन्दुमा झरेपछि अर्थतन्त्र क्रमिकरूपमा सुधार हुँदै जाने मुख्यमन्त्री जम्कट्टेलले विश्वास व्यक्त गरे। ‘बैंकको ब्याज एकल अङ्कभन्दा माथि जाँदैन । भन्सारका समस्या पनि छिट्टै समाधान हुन्छ । व्यवसाय चलेन भने सरकार चल्दैन । व्यवसायीहरू अहिले समस्यामा छन्’, उनले भने, ‘सरकार व्यवसायीको समस्या समाधान गर्ने उपाय खोजिरहेको छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology