वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ ।
संघीय संसद भवनको शंकर हलमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको हो ।
बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने प्रवक्ता महतको भनाइ छ ।
कार्यसम्पादन समितिको बैठकले प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij