Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

सुशान्तकी दिदीले भनिन्- भाइको नामबाट पैसा संकलन नगर्नुहोस् 

सुशान्तकी दिदीले भनिन्- भाइको नामबाट पैसा संकलन नगर्नुहोस् 

  • 121
    SHARES
  • सुशान्तकी दिदीले भनिन्- भाइको नामबाट पैसा संकलन नगर्नुहोस् 

    नयाँ दिल्ली । भारतीय अभिनेता सुशान्त सिंह राजपुतकी ठूली दिदी मितु सिंहले दुःखदायी क्षणलाई पैसा कमाउने बाटो नबनाउन चेतावनी दिएकी छिन् । यो चेतावनी उनले अभिनेता सुशान्तको नाममा पैसा संकलन गर्नेलाई दिएकी हुन् । 

    मितुले आफ्नो परिवारले सुशान्तसँग सम्बन्धित कुनै पनि किताब, फिल्म वा व्यापारको लागि अनुमति नदिएको पनि जनाएकी छिन् ।

    मितुले बिहीबार ट्वीटरमा दुर्भाग्यवंश आफ्नो परिवारको दुःखदायी क्षणको केही व्यक्तिले लाभ लिन खोजिरहेको बताएकी छिन् । उनले यस्तो अमानवीय व्यवहारको कल्पना पनि नगरेको प्रष्ट पारेकी छिन् । 

    सुशान्तको नाममा कुनै पनि किसिमको पैसा संकलनको लागि परिवारले आधिकारिक स्विकृति नदिएको उनले ट्वीटरमार्फत स्पष्ट जानकारी दिएकी छिन् । 

    आफ्नो परिवारले यस दुःखदायी पललाई पैसा कमाउने बाटो नबनाएको र अरुलाई पनि त्यस्तो कार्य गर्न नदिने मितुको भनाइ छ ।  अभिनेता सुशान्त सिंह राजपुत गत १५ जुनमा मुम्बईस्थित आफ्नै घरमा मृत फेला परेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology