Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बंगलाचुली अस्पतालमा चिकित्सक अभाव

बंगलाचुली अस्पतालमा चिकित्सक अभाव

  • 263
    SHARES
  • बंगलाचुली अस्पतालमा चिकित्सक अभाव

    दाङ । दाङको बंगलाचुली अस्पतालमा चिकित्सक अभाव रहेको छ । बंगलाचुली गाउँपालिकाका बासिन्दा यहाँ चिकित्सक नहुँदा उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान धाउन बाध्य छन ।

    images

    त्यहाँ पुग्न झण्डै डेढ घण्टा हिँड्नुपर्ने हुन्छ । बंगलाचुलीमा १५ शय्याको अस्पतालन निर्माण गरि सञ्चालनमा ल्याइएपनि चिकित्सक अभावले यहाँ बिरामीले प्रभावकारीरूपमा सेवा पाउन सकेका छैनन ।

    बंगलाचुली-५ की रीता नेपाली नौ महिनाकी गर्भवती छिन् । उनी बंगलाचुली अस्पतालमा स्वास्थ्य जाँच गराउन गइन् । गर्भमा रहेको बच्चाको अवस्था बुझ्न नेपाली सो अस्पताल पुगेकी थिइन् ।

    अस्पतालमा एक्सरे मेसिन भएपनि जनशक्ति अभावका कारण उक्त सुविधा लिन पाइनन् । अस्पतालबाट अत्यावश्यक स्वास्थ्य सेवा पाउन नसकेको उनले बताइन् ।

    ‘गाउँमै अस्पताल भएपनि उपचारका लागि घोराही जानुपर्ने बाध्यता छ ।’ नेपालीले भन्नुभयो । पूर्वाधार भएर पनि स्वास्थ्य सेवा पाउनका लागि सास्ती भोग्नु परेको स्थानीयवासीको गुनासो छ ।

    स्थानीयस्तरमा अस्पताल सञ्चालनमा आएपछि यहाँका बासिन्दा गाउँघरमै सजिलै स्वास्थ्य सेवा पाइने भयो भन्दै दंग परेका थिए । बंगलाचुली-४ रिभानका खिमबहादुर विक विशेषज्ञ सेवाका लागि पहल गरिनुपर्ने बताउँछन् । ‘अस्पताल बन्दा खुसी थियौँ, तर उपचारका लागि भने अन्यत्रै जानुपर्ने अवस्था छ’, विकले भने ।

    सरकारले स्थानीय तहमा अस्पतालको अवधारणा ल्याएपछि बंगलाचुली गाउँपालिकाको पहलमा १० करोडको लागतमा अस्पताल भवन निर्माण भएको हो । स्थानीय शिवराज भण्डारीलेअस्पताल बनेपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा पालिकाले पहल गर्नुपर्ने बताए ।

    अस्पतालमा कार्यरत सिनियर अनमी शारदा चन्दले जनशक्ति नहुँदा स्वास्थ्य चौकीकै मापदण्डअनुरुप काम गर्दै आएको बताइन् । ‘पूर्वाधार सबै छ, तर जनशक्तिको व्यवस्थापन हुन सकेको छैन’, अनमी चन्दले भनिन् ।

    स्वास्थ्य शाखा प्रमुख नेबबहादुर केसीका अनुसार केही समय अघिसम्म डा.वसन्त शाह अस्पतालमा कार्यरत रहेपनि उनी अध्ययनका लागि गएपछि अस्पताल चिकित्सकविहीन भएको हो ।

    दाङका १० मध्ये १५ शय्याको अस्पताल बनेको बंगलाचुली पहिलो पालिका हो । बंगलाचुली गाउँपालिकाको केन्द्र कमिरेचौरमा २०७८ चैत ११ गते पूर्वसभामुख कृष्णबहादुर महराले अस्पतालको उद्घाटन गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology