Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

मिसेलकाे आमिरसँग सहकार्य चाहना

मिसेलकाे आमिरसँग सहकार्य चाहना

  • 257
    SHARES
  • मिसेलकाे आमिरसँग सहकार्य चाहना

    मुम्बई । आफ्नो अभिनयले विश्वभरका दर्शकमाझ प्रभाव पार्न सफल कुनै अभिनेता या अभिनेत्री अर्को देशको कलाकारको फ्यान भए पनि त्यो भन्दा रोचक के हुन सक्ला ?

    images

    सन् २०२३ को ओस्कार अवार्डमा ‘वेस्ट एक्ट्रेस’ अवार्ड विजेता अभिनेत्री मिसेल योह बलिउड अभिनेता आमिर खानको ठूलो फ्यान हुन् ।

    उनले एक अन्तरवार्तामा बोलेको यो कुराको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’बाट ओस्कार जितेकी मिसेल आमिरसँग फिल्ममा काम पनि गर्न चाहन्छिन् ।

    ‘मैले आमिर खानसँग काम गरेको छैन, तर हामी दुवै एनजिओको ब्राण्ड एम्बासेडर हौं । जसलाई लिभ टु लभ भनिन्छ । यो पर्यावारण बचाउनका लागि बनाइएको हो । म आमिरको कामको प्रशंसक हुँ । उनी एक अविश्वसनीय अभिनेता मात्र होइनन, एक खुला हृदयका मानिस पनि हुन् । आशा छ उनीसँग चाँडै सहकार्य हुनेछ’, मिसेलले भनेकी छन् ।

    मिसेलले यसपटक ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिलाको इतिहास रचेकी छन् । उनले आमिरको फिल्म ‘३ इडियट्स’ मात्र हेरेकी छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology