Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सिरहा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघद्वारा बहिष्कार

सिरहा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघद्वारा बहिष्कार

  • 264
    SHARES
  • सिरहा क्याम्पसको स्ववियु निर्वाचन नेविसंघद्वारा बहिष्कार

    सिरहा । सिरहा सदरमुकामस्थित श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन नेपाल विद्यार्थी संघले बहिष्कार गरेको छ ।

    विदेशमा रहेका विद्यार्थीको ठाउँमा फर्जी मतदाताले मतदान गरेको र रोक्न खोज्दा प्रहरी प्रशासनबाटै हातपात भएको भन्दै नेविसंघले निर्वाचन बहिष्कार गरेको हो । नेविसंघका एकाई समिति सभापति तथा उम्मेदवार नवरत्न साहले विज्ञप्ती जारी गरेर निर्वाचन बहिष्कार गरेको जनाएका छन ।

    क्याम्प्स प्रमुख एवम् निर्वाचन प्रमुखसमेतको आदेशमा प्रहरी प्रशासनले निर्वाचनमा एकलौटी गरेको र आफ्ना उम्मेदवारलाई हातपात गरेको सभापति साहले बताए ।

    निर्वाचन बहिष्कारसँगै नेविसंघका विद्यार्थीहरू निर्वाचन स्थलमा प्रदर्शन गरेका छन । सभापति साहले निर्वाचनको परिणाम नस्वीकार्ने चेतावनीसमेत दिएका छन ।

    336170033_957926648708493_8517671089774470966_n.jpg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij