Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ गीतको भिडियो रिलिज

गायक हिमाल श्रेष्ठको  ‘परेलीले’ गीतको भिडियो रिलिज

  • 264
    SHARES
  • गायक हिमाल श्रेष्ठको  ‘परेलीले’  गीतको भिडियो रिलिज

    काठमाडौं । गायक हिमाल श्रेष्ठको ‘परेलीले’ बोलको गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा कृष्ण थापाको शब्द तथा गायक श्रेष्ठकै संगीत रहेको छ ।

    images

    बुद्ध स्याङवाको एरेन्ज तथा गायक हिमाल स्वय‌ंकै मिक्स र मास्टरिङ रहेको सार्वजनिक गीतको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

    आफ्नी मायालुको सुन्दरताको वर्णन गरेको भिडियोमा विकाश चौहान र सृजना कार्कीको अभिनय रहेको छ ।

    सिक्किमकी ख्यातीप्राप्त टिकटक स्टार, सिक्किम गर्ल सृजना र अमेरिकामा बस्दै आएका मोडल विकाशको अनस्क्रिन रोमान्सलाई निर्देशक प्रकाश धितालले कलात्मकशैलीमा भिडियोमा देखाएका छन् ।

    क बाट कछुवा ख खरायो, सानीले, लगायतका गीतहरु बजारमा ल्याइसकेका गायक हिमालको ‘देउराली पाखैमा’ बोलको गीतको भिडियो बजारमा आउने क्रममा रहेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology