Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

१४ औं महाधिवेशन गर्न नसके इतिहासले क्षमा दिदैनः डा.संग्रौला

१४ औं महाधिवेशन गर्न नसके इतिहासले क्षमा दिदैनः डा.संग्रौला

  • 2.3K
    SHARES
  • १४ औं महाधिवेशन गर्न नसके इतिहासले क्षमा दिदैनः डा.संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको १४ औं महाधिवेशन गर्न नसके इतिहासले क्षमा नदिने बताएकी छिन् । मुुलुक र पार्टीको समसामयिक विषयमा सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै डा.संग्रौलाले तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएकी हुन् । महाधिवेशन मिति भदौ ७ देखि १० गतेसम्मलाई तोकिएको छ ।  

    ‘पार्टीको महाधिवेशन गर्न असमर्थ भयौ भने इतिहासले हामीलाई क्षमा दिने छैन ।संकटको बेला आएको छ, हामबीचमा बृहत् एकताको आवस्यकता छ, हामीभित्र जो जहाँ जे जस्तो जिम्मेवारी लिइएका छौं, इमान्दारीपूर्वक काम गरौं । पहिले घर आगलागी हुन बाट बचाऔं । महाधिवेशन छोटै बाटोबाट प्रविधि प्रयोग गरी आउँदो भदौसम्ममा सम्पन्न गर्न तदारुकताका साथ नेता तथा कार्यकर्ता एक साथ जुटौं ।समयले कसैलाई पर्खदैन । हामी सबैमा चेतना भया’, डा. संग्रौलाले भनिन् । 

    डा.संग्रौलाले कोभिड-१९ महामारीबाट जनताले बेहोर्नु परेको अकल्पनीय पीडाको निराकरण, संविधानको रक्षा, लोकतान्त्रिक संस्थाहरूको क्षयीकरणलाई रोक्नुको साथै आफ्नो दलीय वैधानिकताको सुनिश्चितता कांग्रेसको ऐतिहासिक जिम्मेवारी रहेको बताइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij