वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आह्वान गरिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा बैठक यही चैत ७ गते मंगलबार बस्ने गरि आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।
उनका अनुसार विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । जसपाले विधान संशोधनका लागि विधेयक तयार गरिसकेको जनाएको छ ।
चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन पनि दिइसकिएको थापाले जानकारी दिए । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij