Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

  • 250
    SHARES
  • एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

    काठमाडौं । संघीय संसद्‌को दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

    सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने जनाउँदै बिपक्षमा रहने जनाए ।

    संसदीय दलको बैठक उनले भने, ‘एमालेलाई प्रचण्डप्रति विश्वास छैन । हामी विश्वासको मत दिँदैनौं ।’ प्रधानमन्त्री प्रचण्डले एउटै कार्यकालमा आज दोस्रो पटक विश्वासको मत लिदैछन् ।

    एमाले, राप्रपालगायतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज पुनः विश्वासको मत लिन लागेका हुन्  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij