वेबटिभी खबर
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा जारी गरेको नागरिकता अध्यादेश, ०७८ (पहिलो संशोधन) विरुद्धमा परेको रिटको सुनुवाइको लागि सर्वोच्चमा संवैधानिक इजलास गठन गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।
उक्त अध्यादेशविरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij