वेबटिभी खबर
काठमाडाैं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनता समाजवादी पार्टी (जसपा) बाट दिएकाे राजीनामा स्वीकृत भएको छ ।
जसपाका कार्यकारिणी सदस्य रहेका यादवले यही चैत ३ गतेदेखि लागू हुनेगरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आज यादवकाे राजीनामा स्वीकृत गरेको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका यादवले आज उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij