Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

'जसले सत्ताका लागि पार्टी फुटाए'

'जसले सत्ताका लागि पार्टी फुटाए'

  • 1.7K
    SHARES
  • 'जसले सत्ताका लागि पार्टी फुटाए'

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार राति छलफल भएको छ । ठाकुरले आफूहरू सरकारमा सहभागी हुन तयार रहेको तर कुन-कुन मन्त्रालय पाइने भन्नेमा यकिन गर्न प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । मन्त्रालयमा सहमति भए जसपा आज (शुक्रबार) नै सरकारमा जाने सम्भावना छ । 

    जसपालाई सरकारकामा सहभागी गराउन नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली पार्टीका शीर्ष नेतासँग छलफलमा जुटेका छन् । यसअघि १७ जेठ (सोमबार) मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जसपाका अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्रलगायतका नेताले सरकारमा जान सकारात्मक रहेको र आफूलाई ८ मन्त्रालय र २ राज्यमन्त्री चाहिने शर्त राखेका थिए । 

    सोही सहमतिअनुसार शुक्रबार (आज) नै जसपा सरकारमा सहभागी हुन सक्ने सम्भावना छ । जसपा सरकारमा सहभागी हुने विषयलाई लिएर पार्टी यतिबेला फुटको संघारमा छ । जसपामा ठाकुर-महतो पक्ष सरकारमा जान तयार रहेका बेला अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले सत्ताकै लागि पार्टी फुटाएकाे आरोप लगाएका छन् । 

    सरकारमा जान लागेको भन्दै अध्यक्ष यादवले १८ जेठ (मंगलबार) ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशित गरेका थिए । त्यसको केही घण्टा बित्न नपाउँदै अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निष्काशित गरेर यसको जानकारी निर्वाचन आयोगलाई गराएका थिए ।

    तर त्यसको भोलिपल्ट आयोगले कारबाही गरेर पार्टीबाट निष्काशित गरेको यथेष्ठ प्रमाण नपुगेको भन्दै कारबाही गरेको प्रमाण पुग्नेगरी कागजात ल्याउन जसपालाई सूचित गरेको छ । अनौपचारिक रुपमा नेताहरूबीच मतभेद रहेर पार्टीका बैठक नै छुट्टा-छुट्टै ठाउँमा बस्दै आए पनि औपचारिक रूपमा जसपा फुटेको जानकारी सार्वजनिक भएको छैन ।

    को-को छन् मन्त्रीका आकांक्षी ? 

    मन्त्रीहरूको आकांक्षीमा राजेन्द्र महतोसहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, चन्दा चौधरी, प्रमोद साह, अकवाल अहमद, अकवाल मियाँ, अमृत अग्रहरी, वृषेशचन्द्र लाल, राजकुमार चौधरी, डा.सुरेन्द्र झा, उमाकान्त झालगायत छन् ।   

    मन्त्रिपरिषद् पुनर्गठनका लागि जसपा नेतासँग बालुवाटारमा छलफल सुरु मन्त्रिपरिषद् पुनर्गठनका लागि जसपा नेतासँग बालुवाटारमा छलफल सुरु

    पार्टी फुटेको संकेत गर्दै  ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ पार्टी फुटेको संकेत गर्दै ठाकुर पक्षलाई बाबुरामले भने- भेडाहरूलाई भेडासँगै लाग्न दिऊँ

    जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी, ठाकुरले पनि उपेन्द्रलाई निकाले जसपामा एकअर्कालाई पार्टीबाट निकाल्ने होडबाजी, ठाकुरले पनि उपेन्द्रलाई निकाले  

    डा.भट्टराई-यादव पक्षले ठाकुरसहित चार जनालाई पार्टीबाट निकाल्यो डा.भट्टराई-यादव पक्षले ठाकुरसहित चार जनालाई पार्टीबाट निकाल्यो

    ओली-ठाकुर पक्ष वार्ता सकियो, ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति  ओली-ठाकुर पक्ष वार्ता सकियो, ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij