Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै

दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै

  • 220
    SHARES
  • दाता सम्मेलनले टर्की र सिरियाका लागि भूकम्प सहायता जुटाउँदै

    ब्रसेल्स । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट पीडितहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय दाताहरूबाट रकम जुटाउने उद्देश्यले युरोपेली संघले सोमबार ब्रसेल्समा सम्मेलन आयोजना गरेको छ ।

    images

    गत महिनाको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पले सम्पूर्ण शहरहरूलाई समतल बनाएको थियो । भूकम्पका कारण दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागहरूमा गरी ५० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।

    लाखौं विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघको प्रारम्भिक अनुमानले टर्कीमा मात्रै १०० अर्ब डलरभन्दा बढीको क्षति भएको छ । यस क्षेत्रमा गत हप्ता आएको बाढीले थप दुःख भएको जनाइएको छ ।  अस्थायी आश्रयमा बस्ने १४ जना मानिसको मृत्यु भएको बताइएको छ ।

    संयुक्त राष्ट्र विकास कार्यक्रमले यस महिनाको सुरुमा फेब्रुअरीको मध्यमा तत्काल कोषका लागि गरिएको आह्वानलाई कमजोर स्तरको प्रतिक्रियाको बारेमा गुनासो  गरेको छ ।

    सहायता संगठन इन्टरनेशनल रेस्क्यु कमिटी (आईआरसी) ले दाताहरूलाई कम्तीमा टर्कीका लागि एक अर्ब अमेरिकी डलर र सिरियाका लागि ३९ करोड ७० लाख अमेरिकी डलरको संयुक्त राष्ट्रसंघको आपतकालीन अनुरोध अनुसार पूर्ण रूपमा रकम उपलब्ध गराउन आग्रह गरेको छ ।

    संयुक्त राष्ट्रसंघले टर्कीको अनुरोध हालसम्म १६ प्रतिशत मात्र पूरा भएको बताएको छ भने सिरियाको मागको ७२ प्रतिशत पूरा भएको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology