वेबटिभी खबर
काठमाडौं । शुक्रबारबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने भएका छन् ।
निषेधाज्ञा अवधिभर उपभोक्तालाई राहत दिन सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
निषेधाज्ञा अवधिभर खाना पकाउने ग्यास १ हजार १ सय २० रुपैंयामा पाइने भएको छ । यस्तै चिनी प्रतिकेजी ६५, भटमासको तेल प्रतिलिटर १ सय ८८, नुन प्रतिप्याकेट १६ र पिठो प्रतिकेजी ४४ रुपैयाँमा पाइने भएको छ ।
चिनी र पिठो दुई दुई केजीको प्याकेट मात्रै उपलब्ध हुनेछ । सरकारले गत १५ जेठमा सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत घोषणा भएबमोजिम सो व्यवस्था उपलव्ध हुने भएको हो ।
बजेट वक्तव्यमा निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरिएको थियो ।
उक्त घोषणालाई अर्थ मन्त्रालयले कार्यान्वयन गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij