Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

तनहुँ र बारामा हुने उपनिर्वाचनमा भाग लिने दललाई दर्ता हुन निर्वाचन आयोगले दियाे समय

तनहुँ र बारामा हुने उपनिर्वाचनमा भाग लिने दललाई दर्ता हुन निर्वाचन आयोगले दियाे समय

  • 238
    SHARES
  • तनहुँ र बारामा हुने उपनिर्वाचनमा भाग लिने दललाई दर्ता हुन निर्वाचन आयोगले दियाे समय

    काठमाडाैं । निर्वाचन आयोगले तनहुँ र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने राजनीतिक दललाई आयोगमा दर्ता हुनका लागि समय दिएको छ।

    images

    आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ता गराइसक्न भनेको छ।

    यसअघि आयोगले चितवन २ मा हुने उपनिर्वाचनमा भाग लिने दलहरूलाई दर्ताका लागि समय दिएको थियो।

    आयोगले चितवन २, बारा २ र तनहुँ १ मा २०८०  वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ।

    चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरिदिएको थियो।

    बारा २ मा निर्वाचित तत्कालीन जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि सांसद पदबाट पनि राजीनामा दिएका थिए।

    यस्तै तनहुँ १ बाट निर्वाचित तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उनले पनि सांसदबाट राजीनामा दिएका थिए।

    रिक्त रहेका ३ प्रतिनिधि सभा सदस्य चयनका लागि वैशाख १० मा एकैदिन उपनिर्वाचन गर्न लागिएको हो।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology