Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कुटे

श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कुटे

  • 1.1K
    SHARES
  • श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले स्वास्थ्यकर्मी कुटे

    हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् । 

    images

    संक्रमित महिला होम आइसोलेसनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका हुन् ।

    दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए । सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।

    घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यकाे भनाइ छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology