Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ : केपी ओली

जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ : केपी ओली

  • 265
    SHARES
  • जातीय छुवाछुत अन्त्यका लागि सबै लाग्नुपर्छ : केपी ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रंगभेद तथा छुवाछुतको अमानवीय प्रथालाई समाजिकरूपमा अन्त्य गर्नका लागि सबैले आ-आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन् ।

    images

    आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछुत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताएका हुन् ।

    ‘कानूनरूपमा बर्जित भएपनि छुवाछुत जस्तो अमानवीय प्रथा पूर्णरूपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ’, उनकाे जारी सन्देशमा भनिएको छ ।

    अध्यक्ष ओलीले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाकारूपमा आत्मसात गरेकोसमेत बताएका छन् । अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिंग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरूद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछुतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको जनाएका छन ।

    ‘आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो’, सन्देशमा उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology