Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

  • 280
    SHARES
  • गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

    images

    राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौंका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

    राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रका गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्ने तथा निमुखालाई न्याय र विपन्नलाई आयको वातावरण मिलाउनुपर्नेमा जोड दिए ।

    सामाजिक लोकतन्त्र अध्ययन केन्द्रलाई राष्ट्रपति पौडेलले नेपाली समाज, संस्था र राजनीतिक दलको लोकतान्त्रिकरणमा प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

    केन्द्रका अध्यक्ष मधु आचार्यले राष्ट्रपति पौडेल सो पदमा निर्वाचित भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अध्यक्ष आचार्य र महासचिव परमेश्वर पोखरेलले राष्ट्रपति पौडेललाई सम्मानपत्र प्रदान गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology