Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोनाका कारण निधन भएका शिक्षकप्रति नेशनल प्याव्सनद्वारा श्रद्धाञ्जली व्यक्त

कोरोनाका कारण निधन भएका शिक्षकप्रति नेशनल प्याव्सनद्वारा श्रद्धाञ्जली व्यक्त

  • 1.8K
    SHARES
  • कोरोनाका कारण निधन भएका शिक्षकप्रति नेशनल प्याव्सनद्वारा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । कोभिड-१९ का कारण निधन भएका शिक्षकप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याव्सन) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    images

    नेशनल प्याव्सनका सहकोषाध्यक्ष पिताम्बर महतो, केन्द्रीय समिति सदस्य कृष्णप्रसाद दाहाल, नेशनल प्याव्सन सिरहा जिल्लाका सदस्य उपेन्द्र यादव, प्याव्सन कपिलवस्तु समितिका कोषाध्यक्ष दीपक क्षेत्री, नेशनल प्याव्सन कपिलवस्तु समितिका सल्लाहकार फराहा खाँ र मोर्डन दीग्दर्शन ईंग्लिस स्कूल दाङका संस्थापक प्रिन्सिपल नरेश बोहोराको निधनप्रति नेशनल प्याव्सनले शुक्रबार विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो । 

    ‘कोभिडको विश्वव्यापी चपेटामा परी मुलुकभर शिक्षा क्षेत्रमा क्रियाशील दुई सयभन्दा बढी शिक्षक कर्मचारी लगायत हजारौं आम नागरिकहरूले अकल्पनीय मृत्यवरण गर्नु परेको यस शोकको घडीमा आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरूप्रति धैर्यधारण गर्नै शन्ति प्राप्त होस भनी नेसनल नेशनल प्याब्सन केन्द्रीय समिति ईश्वरसँग प्रार्थना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।  

    190627524_168884185193912_765987160921165434_n.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology