Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

  • 274
    SHARES
  • बौद्धनाथ क्षेत्रमा बढ्न थाले बाह्य पर्यटक

    काठमाडाैं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा बाह्य पर्यटक बढ्न थालेका छन् ।

    images

    आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रमा दक्षिण एसियाली देशका एक हजार पाँच सय ४४ र अन्य देशका एक हजार दुई सय ५६ पर्यटक आएका थिए ।

    कोरोना महामारीका कारण त्यस आर्थिक वर्षमा पर्यटक कम आएका थिए । धेरै समय बन्दाबन्दी (लकडाउन) गरिएकाले कम पर्यटक आएका हुन् ।

    यो सङ्ख्या आव २०७८/७९ मा बौद्ध क्षेत्रमा घुम्न आउने पर्यटक केही बढेका थिए ।

    त्यसवर्ष दक्षिण एसियाली देशका ६५ हजार आठ सय ३१ र अन्य देशका ३० हजार एक सय नौ पर्यटक आएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तिमाया तामाङले जानकारी दिइन् ।

    पर्यटकको सङ्ख्या चालु आर्थिक वर्षको आठ महिनामै एक लाख ३६ हजार नौ सय ३६ पुगेको उनले बताइन् ।जसमा दक्षिण एसियाली देशका ६९ हजार आठ सय ३४ र अन्य देशका ६७ हजार ९२ रहेका छन् ।

    समितिले पर्यटक आकर्षित गर्न यस क्षेत्रको सफाइमा विशेष ध्यान दिएको जनाएको छ । सफाइका लागि निजी क्षेत्रको गजुरमुखी सेक्युरिटी कम्पनीसँग सम्झौता गरिएको छ ।

    कम्पनीका छ जना कर्मचारीले दैनिक बौद्ध क्षेत्रमा सफाइ गर्ने छन् । जसका लागि समितिले वार्षिकरूपमा रु १७ लाख ३९ हजार तीन सय १४ शुल्क दिने जनाइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology