वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । थापाले अन्तरिम आदेशबाट सांसद पद पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका हुन् ।
पार्टीको विधानविपरित कारबाही गरिएको भन्दै थापाले सर्वोच्चमा रिट हालेका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार संयोजक किशोर पौडेलले जानकारी दिए ।
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन नसघाएर एमालेलाई साथ दिएको भन्दै थापालाई जनमोर्चा गण्डकी प्रदेशसभा संसदीय दलकी नेता पियारी थापा र केन्द्रीय महासचिव मनोज भट्टको अगुवाईमा कारबाही गरिएको हो ।
बिहीबार बसेको प्रदेशसभामा सभामुख नेत्रनाथ अधिकारीले थापा पदमुक्त भएको जानकारी गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij