Logo

२०८०, जेठ २० गते शनिवार

२०८०, जेठ २० गते शनिवार

images
images

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

  • 104
    SHARES
  • अन्नपूर्ण पदमार्गमा तीन महिनामा साढे दुई हजार पर्यटक

    लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा तीन महिनामा दुई हजार चार सय ७५ विदेशी पर्यटक आएका छन । २०२३ को जनवरीदेखि हालसम्म सो संख्यामा विदेशी पर्यटक आएका हुन।

    images

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार यतिबेला दैनिक ४०/५० जना पर्यटक आउने गरेका छन ।

    ‘यस पदमार्गमा यतिबेला कम कम नै पर्यटक आइरहेका छन्, विश्वमा देखा पर्दै गएको आर्थिकमन्दीका कारण हुनसक्छ’, गुरुङले भने । कोरोना संक्रमणपछि विगतमा आएकोझै पर्यटक हालसम्म आएका छैनन् ।

    पर्यटकको कमीले पदमार्गका पर्यटन व्यवसायी चिन्तित छन । जुर्मुराउँदै गरेको पर्यटन व्यवसाय कोरोना संक्रमणले लामो समय ठप्प भयो, संक्रमण हटेयता विगतमा झै पर्यटक आउन नसकेको व्यवसायी पञ्चबहादुर गुरुङले बताए ।

    हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा पर्यटक आउछन् ।

    मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका-७ मनाङे चौतारा हो । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्ला जोडिएको छ । रासस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology