वेबटिभी खबर
सर्लाही । डा. सिके राउत नेतृत्वको जनमत पार्टी जिल्ला कार्य समिति सर्लाहीको ईन्चार्जमा श्रीचन राय यादव(सुजन) चयन भएका छन् ।
जनमत पार्टीको केन्द्रीय कार्यालयले सुजनलाई सर्लाही जिल्लाको लागि ईन्चार्जको रुपमा शनिवार चयन गरी पठाएको हो ।
माओवादी केन्द्र परित्याग गरि यादव संघ तथा प्रदेश सभाको चुनावमा सर्लाही -४(ख) बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। स्वतन्त्र उम्मेदवारी दिएका यादवले चुनावमा संतोषजनक मत प्राप्त गरेपछि उनको चर्चा क्षेत्रभरी चुलिएका थियो।
माओवादी केन्द्र परित्याग गरेका यादवले गएको माघ २३ गते जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हातबाट टिका लगाएर जनमत पार्टीमा प्रवेश गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij