वेबटिभी खबर
मोरङ । मोरङको कटहरी गाउँपालिका-४ स्थित जुडी पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर-रंगेली सडकखण्डमा को२प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका-७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पुलमुनि खसेर घाइते भएको अवस्थामा यादवलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij